प्रभुबैंकले नेप्ससँगको सहकार्य तोड्यो, अब बैंकका पुराना एटीएम कार्ड नचल्ने

६ बर्ष अगाडि

काठमाडौं – प्रभु बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)सँगको सहकार्य तोडेको छ । चिनियाँ  ह्याकरको एक समुहले नेप्सको सिस्टम बाइपास गरेर एटीएमबाट पैसा झिकेपछि बैंकले सहकार्य तोडेको हो । यद्यपि, बैंकले भिष कार्डसँगको सहकार्य भने जारी राखेको छ ।
चिनियाँ ह्याकरले कसरी ह्याक गरे भन्ने बिषयमा अझै सही तथ्य बाहिर आएको छैन । यी यस्ता कारणले नेप्ससँगको सहकार्य तोडिएको बैंकको भनाइ छ । 
हाल बैंकल स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) सँग सहकार्य गरेको छ भने युनियन पे कार्ड पनि सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले माघ १ गतेदेखि नयाँ कार्ड चल्ने बताएको छ, जसअनुसार बैंकले पुराना एटीएम कार्ड साट्न ग्राहकसँग अनुरोध गरेको छ । 
हाल बैंकसँग साढे २ लाख पुराना कार्ड छ, त्यसलाई युनियन पे कार्ड मार्फत रिप्लेस गर्ने बैंकको तयारी छ । बैंकले हाल नयाँ कार्डहरु जारी गरीरहेको छ । युनियन पे कार्ड भारतमा पनि प्रयोग गर्न सकिन्छ । अन्य देशमा प्रयोग गर्नका लागि डलर कार्ड बोक्नुपर्ने बताइएको छ ।
नेप्सले भिजा जस्ता एटीएम कार्ड कम्पनीहरुसँग बैंकहरुलाई इन्टरलिंक बनाउने काम गर्छ, जसलाई स्वीच प्रणाली भनिन्छ । यो महंगो प्रणाली हो, त्यसैले बैंकहरुले संयुक्त रुपमा नेप्स सञ्चालनमा ल्याएका हुन् । यसमा हाल १८ बैंक आवद्ध छन् । प्रभु बैंकले सहकार्य तोडेसँगै अन्य बैंक पनि यसको तयारीमा रहेको जानकारहरु बताउछन् ।  
ग्राहकले एटीम बुथमा कार्ड छिराएपछि त्यसको जानकारी सम्बन्धीत कार्ड कम्पनीमा जान्छ । त्यो कम्पनीले नेप्सलाई जानकारी दिन्छ र नेप्से बैंकलाई, त्यसपछि बैंकको सिस्टमले सबन्धीत व्यक्तिको खाता चेक गर्छ र कारोबारको स्वीकृति दिन्छ । त्यसपछि त्यो स्वीकृति नेप्स हुँदै कार्ड कम्पनी मार्फत एटीएम बुथ सम्म जान्छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया