पुरुष क्रिकेटमा नेपालालाई ऐतिहासिक कांस्य

६ बर्ष अगाडि

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कांस्य पदक जितेको छ । सोमबार भएको खेलमा माल्दिभ्सलाई पाँच विकेटले पराजित गर्दै नेपालले कांस्य पदक हात पारेको हो ।

माल्दिभ्सले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले १६.१ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका आरिफ शेखले सर्वा्धिक ३२ रनको बनाए । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २२ रनको योगदान दिए । रोहित पौडेल १५, बिनोद भण्डारीले १२ र पवन सर्राफले अविजित १० रन बनाए । माल्दिभ्सका उमर अदमले तीन विकेट लिए । यसअघि टियु मैदान कीर्तिपुरस्थित टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले २० ओभरमा नौ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।

माल्दिभ्सका लिम साफेगले अविजित १९ रन बनाए । मोहमद रिसवानले १७, कप्तान मोहमद माफोजले १६ र अमिल माउरुफले १३ रन बनाए । नेपालका ललित नारायण राजवंशीले तीन र सुशन भारीले दुई विकेट लिए । सागमा सन् २०१० मा पहिलो पटक क्रिकेट खेल समावेश गरिएको थियो । त्यतिवेला नेपाल चौथो भएको थियो । पुरुषतर्फको स्वर्णको लागि आजै श्रीलंका र बंगलादेशले खेल्ने छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया