तीन महिनामा ४४ अर्व ७४ करोड रुपैयाँको सेयर

६ बर्ष अगाडि

नेपाल स्टक एक्सचेन्ज कम्पनीको चुत्ता चार खर्व ३१ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र र्बैंक चालु आर्थिक वर्षको पछिल्लो तिन महिनाको मुलुकको आर्थिक तथा वित्तिय अवस्थासम्वन्धी प्रतिवेदन अनुसार स्टकमा सुचिकृत चार अर्ब ४० करोड सेयर सख्याको चुत्ता मूल्य उक्त अनुपातमा पुगेको छ । 

आर्थिक वर्ष २०७६–०७७ को तीन महिनामा ३३ अर्ब ७२ करोडबरावरको साधारण सेयर, आठ अर्ब करोड बरावरको बोनस सेयर, एक अर्ब ४५ करोड बराबरको हकप्रसाद सेयर, ३५ करोड बराबरको डिबेन्चर र एक अर्ब १४ करोड बराबरको थप धितोपत्र सूचिकृत बोर्डले तीन अर्ब ४० करोडको डिबेन्चर निष्काशन अनुमति प्रदान गरेको छ । 

राष्ट्र बैंंकका अनुसार २०७५ असोज मसान्तमा १२ सय ४१ दशमलव छ विन्दुमा रहेको नेप्स सूचाकांक २०७६ असोज मसान्तमा ११ सय ३७ दशमलव आठ विन्दुमा कायम रहेको छ । 

२०७६ असार मसान्तमा यस्तो सूचकांक १२ सय ५९ रहेको थियो । धितोपत्र बजार पुँजीकरण बार्षिक विन्दुगत आधारमा हुई दशमलव चार प्रतिशतले हस भई २०७६ असोज मसान्तमा १४ खर्ब ४५ अर्ब ५६ करोड कायम भएको छ । २०७६ असार मसान्तमा बजार पुँजिकरण १५ खर्ब ६७ अर्ब ५्र० करोड रहेको थियो । 

स्टकमा सूचीकृत कम्पनीहरुको संख्या २०७६ असोज मसान्तमा दूईसय १७ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये एक सय ५४ बैंक तथा बित्तिय संस्था र बीमा कम्पनी रहेका छन् भने ३२ जलविद्यूत कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, ४–४ होटल तथा ब्यापारीक संस्था र चार अन्य समुहमा रहेका छन् । 

 २०७६ असार मसान्तमा सूचीकृत कम्पनीहरुमध्ये बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ७८ दशमलव पाँच प्रतिशत रहेको छ । ्रत्यसैगरी, जलविद्य्त कम्पनीको हिस्सा ६ दशमलव एक प्रतिशत, उत्पादन र प्रशोधन उद्योगको हिस्सा एक दशमलव एक प्रतिशत, ब्यापारिक संस्थाको हिस्सा शून्य दशमलव एक प्रतिशत र अन्य समूहका कम्पनीको हिस्सा नौ दशमलव दूई प्रतिशत रहेको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया