युनाइटेड इन्स्योरेन्सले बिक्रीमा ल्याएको हकप्रद शेयरको बोलपत्र आज सोमबार० खुला गर्देछ।
इन्स्योरेन्सले यस अघि मंसिर १० गतेदेखि १७ सम्म ४ लाख ९९ हजार १९२।६० कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो ।
इन्स्योरेन्सले यसअघि भदौ ३ गतेदेखि असोज २३ गतेसम्म निष्कासन गरेको हकप्रद शेयरमा बिक्री नभएको उक्त शेयर लिलामीमा ल्याइएको हो।
उक्त लिलामी शेयरको बोलपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय, नागपोखरीमा दिउँसो २ बजे खुला हुनेछ ।
प्रतिक्रिया