काङ्ग्रेसको आकस्मिक बैठकले गर्यो यस्तो निर्णय

७ बर्ष अगाडि

काठमाडौं– नेपाली काङ्ग्रेसले पूर्व केन्द्रीय सदस्य तथा पूर्व सांसद कृष्णकुमार जोशीको निधनप्रति दुःख व्यक्त गरेको छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गरेको हो ।
जोशी नेपाली काङग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व सांसद एवं नेपाली काङग्रेस जिल्ला कार्यसमिति बैतडीका संस्थापक जिल्ला सभापति हुन् ।
स्वर्गीय जोशीले नेपाली संगठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पु¥याएएको योगदान स्मरणीय रहेको काङ्ग्रेसले जनाएको छ । 
त्यस्तै बैठकले स्वर्गीय जोशीप्रति सम्मान प्रकट गर्दै २०७५ श्रावण आजबाट तीन दिन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउनुका साथै साउन  १७ गते केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया