अरुण भ्यालीले सात प्रतिशत बोनस दिने

६ बर्ष अगाडि

अरुण भ्याली हाइड्रोपावरले आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ।

हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको उक्त लाभांश बाईसौँ वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन्।

हाल ९३ करोड ३० लाख रुपैयाँ चुक्ता पूँजी रहेको हाइड्रोपावरको बोनस वितरण पश्चात पूँजी ९९ करोड ३० लाख रुपैयाँ पुग्नेछ।

६ बर्ष अगाडि

प्रतिक्रिया