बाँदर नियन्त्रणका लागी दुई लाख बजेट विनियोजन

६ बर्ष अगाडि

खाँदबारी नगरपालिकाले नगरभित्रका बाँदर नियन्त्रण गर्नका लागी दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नगरपालिकाको सबै वडामा बाँदरको बिगबिगी बढेपछि त्यसलाई नियन्त्रण गर्नका लागी नगरसभाद्धारा बजेट विनियोजन गरिएको हो । 

नगरपालिकाको नगर सभाले बाँदर नियन्त्रण कार्यको अध्ययनको शीर्षकमा यो बजेट विनियनेजन गरेको हो ।

बाँदरले आतङ मच्चाएपछि नियन्त्रणका लागी बजेट छुट्याईएको हो । 
बाँदरले अन्नबाली सखाप पार्ने गरेको छ । 
बर्खाको समयमा मकै सखाप पार्छ भने हिउँदको समयमा धान, सुन्तला, फलफूल, तरकारी, अलैँची र अम्लिसो टुसा नै च्यातेर तहसनहस पार्छ । वर्ष दिन पुग्ने मकै बाँदरले छिनभरमै तहसनहस पारिदिन्छ ।
स्थानीयले पटक–पटक बाँदर नियन्त्रणका लागि आग्रह गरेपछि दिगो समाधान खोज्न चालू आवमा बजेट विनियोजन गरिएको खाँदबारी नगरपालिका स्रोतले बतायो ।

६ बर्ष अगाडि

प्रतिक्रिया