महाप्रबन्धक शर्मा चीन प्रस्थान

६ बर्ष अगाडि

राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्मा यही मङ्सिर २३ गतेदेखि चीनको राजधानी बेइजिङमा आयोजना हुने वरिष्ठ सञ्चारकर्मीहरूको बैठकमा सहभागी हुन आज अपराह्न त्यसतर्फ प्रस्थान गरेका छन् ।

बेइजिङ मिडिया नेटवर्क र अल चाइना जर्नलिस्टस एशोशिएशनले चाइना पब्लिक डिप्लोमेसीलगायत संस्थासँगको साझेदारीमा आयोजना गरेको उक्त बैठकमा ब्राजिल,क्युबा,इथियोपिया,इरान,जापान,रुसी महासङ्घ,युक्रेन, टर्की,गणतन्त्र लाओ र भियतनामका समाचार समिति तथा मूलधारका सञ्चारमाध्यमका प्रमुख सहभागी हुने कार्यक्रम छ ।

चीनले विश्वका विभिन्न राष्ट्रसँग सञ्चारक्षेत्रका माध्यमबाट पारस्परिक लाभ र हित प्रवद्र्धनका निम्ति उक्त बैठक आयोजना गरेको बताएको छ ।     
   
   
 

६ बर्ष अगाडि

प्रतिक्रिया