हवाई यात्रामा नेपाली र विदेशी दुवै नागरिकलाई समान मूल्य कायम गर्न सरकारद्धारा गठित कार्यदलले सुझाव दिएको छ ।
हवाई यात्रामा नेपालीको तुलनामा विदेशी नागीरकले झण्डै दोब्बर मूल्य तिर्नुपथ्र्यो ।
सरकारले पूर्वसचिव सुरेशमान श्रेष्ठको अध्यक्षतामा हवाईका विविध विषयमा सुझाव दिन कार्यदल गठन गरेको थियो । कार्यदलले डलर भाडा हटाएर समान भाडादर कायम गर्न सुझाव दिएको हो ।
महङ्गो भाडाका कारण विदेशी पर्यटकका लागी नेपाल महङ्गो गन्तव्यको रुपमा रहेका थियो । महङ्गो भाडाका कारण कम पर्यटक आकषित हुने कार्यदलको निश्कर्ष छ ।
प्रतिक्रिया