उन्नत बीउबिजन कार्यक्रमबाट आत्मनिर्भर बन्दै किसान

६ बर्ष अगाडि

गुल्मीको सत्यवती गाउँपालिकाकी सरस्वती खत्रीले पशुपालन व्यवसायबाट मनग्ये आम्दानी गदै आएकी छन् । किसानका लागि उन्नत बीउबिजन कार्यक्रमअन्तर्गत जुनिया साना किसान कृषि सहकारीमा आबद्ध भई सस्तो ब्याजदरमा ऋण लिएर उनले व्यवसाय शुरु गरिन ।पशुपालनबाट दुई छोरीसहित चारजनाको परिवार अहिले राम्रैसँग पालिएकी छन् । दुई–चार हजार आवश्यक पर्दा कसैसँग हात फैलाउन परेको छैन, खत्री भन्नछिन्,आत्मनिर्भर बन्दा साह्रै गर्व लाग्दोरहेछ ।

प्यूठानकी प्रतिमा जिएम पनि साना किसान कृषि सहकारीमा आबद्ध भएपछि दङ्ग छिन्। सहकारीमा आफैँले नेृतत्व गरेपछि उनलाई एकछिन फुर्सद छैन । उनले नेतृत्व गरेको बिजुवार साना किसान कृषि सहकारीको आन्तरिक पूँजी  तीन करोड १० लाख नाघेको छ । सहकारीमा ९१६ जना सदस्य छन् । सहकारीले सबैसँग चिनजान भएको छ, अब त जस्तोसुकै काम गर्न सक्छु भन्ने आँट आएको छ, प्रतिमा भनिन् छिन् ।

यसको श्रेय उनले किसानका लागि उन्नत बीउबिजन कार्यक्रमलाई दिन्नछिन् । कार्यक्रम नभएको भए म घरभित्रै सीमित हुने थिएँ होला, अहिले त सहकारीको नेतृत्व गरेकी छु, उनले थपिन, किसानका लागि उन्नत बीउबिजन कार्यक्रमले बसालिदिएको जग बलियो बनाउँछु ।

अर्घाखाँचीको किमडाँडाकी शिला भुसाल पनि किसानलाई व्यावसायिक कृषि सिकाएर आत्मनिर्भर बनाउनुमा किसानका लागि उन्नत बीउबिजन कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको बताउँछन् । कति परियोजना र कार्यक्रम गाउँमा आउँछन् तर ती कार्यक्रम सकिँदा उपलब्धी प्रायः शून्य हुन्छ तर किसानका लागि उन्नत बीउबिजन कार्यक्रमले ग्रामीण भेगका सयौँ किसानलाई कृषि गर्न उत्प्रेरणा जगाएको छ, उनी भनिन् छिन् । किमडाँडा सहकारीबाट क्रण लगानी गरी धेरै कृषक उन्नत बीउको उत्पादन र व्यावसायिक कृषिमा लागेको भुसाल बताउँछन् ।

सल्यान,रुकुम,रोल्पा,प्यूठान,गुल्मी,अर्घाखाँची गरी छवटा जिल्लालाई लक्षित गरेर सञ्चालन गरिएको किसानका लागि उन्नत बीउबिजन कार्यक्रम यो महिनाको अन्त्यसँगै सकिने चरणमा छ । यो कार्यक्रमअन्तर्गत छ जिल्लामा ७५ वटा साना किसान कृषि सहकारी सञ्चालनमा छन् ।

प्यूठान, गुल्मी र अर्घाखाँचीमा १५–१५ तथा सल्यान,रुकुम र रोल्पामा १०–१० वटा साना किसान कृषि सहकारी सञ्चालनमा छन् । ती सहकारीमा ४० हजार ३४७ सदस्य छन् । तीमध्ये ३८ हजार ३८४ जना महिला सदस्य रहेको किसानका लागि उन्नत बीउबिजन कार्यक्रमका अनुगमन तथा मूल्याङ्कन अधिकृत अनुप नैनावस्तीले जानकारी दिए ।

साना किसानलाई सहकारीमा आबद्ध गर्ने र कृषि तथा पशुपालन व्यवसायका लागि कर्जा उपलब्ध गराउन सहकारी सञ्चालनमा ल्याइएको किसानका लागि उन्नत बीउबिजन कार्यक्रम प्रबन्धक कौशलकुमार पौडेलले बताए । उत्पादन र उत्पादकत्व वृद्धि गर्नमा महत्वपूर्ण योगदान रहेका साना किसान कृषि सहकारी संस्थाहरुले सञ्चालन गरेका कार्यक्रमबाट ग्रामीण क्षेत्रको दिगो विकास र महिला सशक्तीकरणमा टेवा पुगेको उनको भनाइ छ ।

किसानको आयआर्जन र क्षमता विकासका लागि किसानका लागि उन्नत बीउबिजन कार्यक्रमले विभिन्न गतिविधि सञ्चालन गरेको बताउँदै साना किसानका सदस्यहरुले यसबाट भरपुर फाइदा लिएको कार्यक्रम संयोजक गोविन्दलाल कर्णले बताए । उनले किसानका लागि उन्नत बीउबिजन कार्यक्रम सकिए पनि सहकारीहरु आफैँ सक्षम भएकाले जिल्लाका विज्ञ केन्द्र र ज्ञानकेन्द्रसँग समन्वय गरी कार्यक्रम अघि बढाउनुपर्ने बताए ।

किसानका लागि उन्नत बीउबिजन कार्यक्रमले सिर्जना गरेका सहकारीले कृषि उत्पादन र बीउबिजनको उत्पादनका क्षेत्रमा गरेका राम्रा प्रयासलाई सबैले साथ दिने बताउँछन् साना किसान विकास लघुवित्तीय संस्थाका इलाका प्रबन्धक शिवहरि अर्याल । राम्रो काम गर्नेलाई पूँजीको अभाव नहुने उनको भनाइ छ ।

प्रदेश नं ५ दुग्ध,अण्डा र मासुमा आत्मनिर्भर बन्ने अवस्थामा रहेकाले किसानका लागि उन्नत बीउबिजन कार्यक्रमको सहयोगमा पशुपालनमा लागेका कृषकलाई प्रदेश सरकारले समेत प्रोत्साहन गर्ने प्रतिबद्धता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पशुपन्छी विकास महाशाखा प्रमुख प्रदीप पौडेलले गरे ।

मन्त्रालयअन्तर्गतका विज्ञ केन्द्र र ज्ञानकेन्द्रसँग समन्वय गरी साना किसान कृषि सहकारीले कार्यक्रमलाई निरन्तरता दिन सक्ने उनको भनाइ छ ।सन् २०१२ देखि शुरु भएको किसानका लागि उन्नत बीउबिजन कार्यक्रम २०१९ को डिसेम्बर ३० तारिखदेखि सकिँदैछ ।     
 
 

६ बर्ष अगाडि

प्रतिक्रिया