चिसोबाट बच्न र जाडो मौसममा स्वस्थ रहन अपनाउनुहोस यी उपाय

६ बर्ष अगाडि

 दिन प्रति दिन चिसो बढ्दै छ । चिसो मौसममा धेरै मानिस बिरामी पर्छन्। खासगरी बालबालिका र वृद्धवृद्धाकालाई यो मौसम निकैजोखिमपूर्ण हुन्छ जाडोमा रुघाखोकी, दमको जोखिम हुन्छ नै भने कतिलाई यो समयमा मौसमी डिप्रेसन समेत हुने गर्दछ । यसलाई सिजनल एफेक्टिभ डिसअर्डर भनिन्छ। जसमा थकान, एन्जाइटी, सुस्तता, दिक्क लाग्ने, आत्महत्याको विचार आउनेजस्ता लक्षण देखिन्छ।

जाडो मौसममा स्वस्थ रहन यी उपाय अपनाउनुहोस्ः


१ घाम ताप्नुहोस्

जाडो मौसममा धेरैलाई थकाइ लाग्ने गर्छ। यस्तो हुने कारण हो घामको प्रकाशको कमी। जसले निद्रा र जागै बस्ने हाम्रो दैनिकीको चक्र गडबड हुन्छ। त्यसैले, सम्भव भएसम्म घाम ताप्न बाहिर निस्किनुस्। निद्रा अत्यन्त महत्वपूर्ण हुने हुनाले करिब ८ घण्टा सुत्ने गर्नुहोस्। तनाव घटाउन शारीरक कसरत वा योग गर्नुहोस्।

२ पर्याप्त फलफूल र तरकारी खानुहोस्
बाहिर चिसो र हुस्सु लागेको बेला हामीलाई फलफूल र तरकारी खान मन लाग्दैन। बरु, तातो र गुलिया खानेकुरा खाएर पेट भर्नतिर हामी लाग्छौँ। तर, त्यसले स्वास्थ्यमा नकारात्मक असर गर्छ। गाजर, सलगमजस्ता तरकारीलाई उसिनेर, रोस्ट गरेर वा सुप बनाएर पनि खान सकिन्छ।

३ दूध खानुहोस्
हिउँदमा चिसो लाग्ने सम्भावना ज्यादा हुन्छ। त्यसैले रोग प्रतिरोधात्मक क्षमता बढाउने सबैभन्दा सजिलो उपाय हो दुग्धपदार्थ सेवन। चीज, दहीजस्ता दुग्ध पदार्थमा हाम्रो शरीरलाई चाहिने प्रोटिन, भिटमिन ए र बी १, क्याल्सियम पाइन्छ।

४ नबस्नुस्
घरभित्र बसिरहनु हानिकारक छ। त्यसैले जगिङ गर्ने, सन्ध्याकालीन भ्रमणमा निस्किने गर्नुस्। पकाउन, कुकुर डुलाउन वा नाच्न व्यस्त रहनुस्। घरभित्रै रहनुपर्ने भएपनि शारीरिक गतिविधि हुने काममा लाग्नुहोस्। सकेसम्म सामाजिक हुन सिक्नुहोस्। एक्लै धुम्धुम्ती बस्दा तनाव बढ्न सक्छ।

५ चिया पिउनुहुन्नरु सुरु गर्नुस्
चिया प्राचीनकालीन पेयपदार्थ हो। यसका निश्चित फाइदा पनि छन्। ब्ल्याक र ग्रिन टीमा शरीरलाई आवश्यक पर्ने रसायन हुने गर्छ। यसमा एन्टिअक्सिडेन्ट पाइन्छ। चिया पर्याप्त पिउने मानिसमा मुटुरोग कम लाग्ने गरेको अध्ययनहरुले पुष्टि गरेका छन्। त्यसैले चिया पिएर जाडोमा सुरक्षित बस्नुहोस्।

६ बर्ष अगाडि

प्रतिक्रिया