ट्रकको ठक्करबाट बालिकाको मृत्यु हुदाँ कोहलपुर क्षेत्र तनावग्रस्त

६ बर्ष अगाडि

बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक स्कुले बालिकाको मृत्यु भएको छ।आइतबार बिहान बाँकेको कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल चोकमा ट्रकको ठक्करबाट एक बाहिलको मृत्यु भएपछि अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ।

ती बालिकाको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।स्थानीय र विद्यार्थीहरुले बलिकालाई ठक्कर दिने ट्रकमाथि आगजनी गरेका छन् भने सडक अवरुद्ध समेत गरेका छन्।

बालिकालाई ठक्कर दिने ट्रकका चालकलाई संरक्षण गरेको भन्दै स्थानीयले इलाका प्रहरी कार्यालय कोहलपुरमा ढुंगामुढा गरेका छन्।ढुंगाुमुढा गर्नेमाथि प्रहरीले लाठीचार्ज गरेपछि स्थानीवासी थप आक्रोशित बनेको र सो क्षेत्र अहिले तनावग्रस्त बनेको छ।स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाइ फायरसमेत गरेको छ। 

६ बर्ष अगाडि

प्रतिक्रिया