काठमाडौं – नेपालमा पछिल्लो सयम कृषि बीमाको व्यवसाय बढ्दै गएको छ । बीमा समितिले २०६९ देखि कृषि बीमा सुरु गरेको थियो । तर, सुरुका बर्षमा यसले उत्साहजनक व्यवसाय गर्न सकेको थिएन ।
तर, अहिले कृषि बीमाको मात्रा बार्षिक एक अर्ब रूपैयाँ भन्दा बढीको कारोबार हुन थालेको छ । र, समग्र निर्जीवन बीमा व्यवसायमा यसले ५ प्रतिशत हिस्सा ओगट्न सफल भएको छ ।
बीमा समितिकाअनुसार गत आवमा निर्जीवन बीमा कम्पनीहरुले कृषि बीमा माफर्त रू. १ अर्ब ४७ लाख बीमाशुल्क संकलन गरेका छन् । यस्तै, चालु आवको पहिलो त्रैमासमा पनि रू. २८ करोड ५३ लाख बीमाशुल्क संकलन गरेका छन्, यहि अनुपातमा कृषि बीमाको व्यवसाय बढ्ने हो भने चालु आवको चौथो त्रैमास सम्ममा पनि एक अर्ब भन्दा बढी बीमाशुल्क संकलन हुने देखिन्छ ।
सुरूका बर्षहरूमा कृषि बीमा मार्फत करोडको मात्रामा व्यवसाय हुन्थ्यो । त्यसपछि दश करोडको मात्रामा यसको व्यवसाय हुन थाल्यो । तर, अहिले भने अर्बको हारहारीमा कृषि बीमाको व्यवसाय हुन थालेको छ ।
सुरुका बर्षमा कृषि बीमामा अन्तरगत कम बीमा पोलिसी थिएन, कृषि बीमा सम्बन्धी जागरण पनि कम थियो । तर, अहिले कृषि बीमा अन्तरगतको बीमा पोलिसीको संख्या बढेको छ । साथै, आम किसानमा पनि बीमा गर्नुपर्ने मानसिकताको विकास भएको छ, जसको पलस्वरुप कृषि बीमाको व्यवसाय बढ्दै गएको नियानमक निकाय बीमा समितिको भनाइ छ ।
प्रतिक्रिया