काठमाडौं – साताको पहिलो दिन अर्थात आइतबार सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सनुको मुल्य तोलामा रू. ५ सय र चाँदीको मुल्य रू. १० ले घटेको छ । शुक्रबार सुनको मुल्य प्रतितोला रू. ७१ हजार ७०० थियो, आज भने त्यो घटेर रू. ७१ हजार २०० मा झरेको छ । यस्तै, गत शुक्रबार प्रतितोला रू. ८५० रहेको चाँदीको मुल्य रू. ८४० मा झरेको छ । पछिल्लो समय सुनचाँदीको मुल्य बढ्ने घट्ने क्रममा जारी रहेको छ ।
प्रतिक्रिया