काठमाडौं – नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि प्रतिस्पर्धामा रहेका ४ जना उम्मेदवारको आज (आइतबार) अन्तरवार्ता हुने भएको छ । आज साँझ ४ बजेदेखि बाँकी रहेका ४ उम्मेदवारको छनोट समितिले अन्तरवार्ता लिने बताइएको छ ।
कम्पनीको सीईओ पदका लागि जम्मा छ जनाको आवदेन परेको थियो । त्यस मध्ये दुई जना उम्मेदवार सेमीफाइनलबाट किक आउट भएका थिए । आउट हुनेमा युनाइटेड इन्स्योरेन्सका पूर्व सीईओ शेखर बराल र नविल बैंकका पुर्व कर्मचारी ज्ञानेश्वर आचार्य छन् ।
जसअनुसार आज पुनर्बीमा कम्पनीका निवर्तमान सीइओ चिरायु भण्डारी, कृषि विकास बैंकका पुर्व कमृचारी शेष नारायण आचार्य, राष्ट्रिय बाणिज्य बैंकका शंकर रायमाझी र नेपाल राष्ट्र बैंकका पुर्व निर्देशक अशोक पौडेलको अन्तरवार्ता हुनेछ ।
आजको अन्तरवार्तामा उनीहरुले व्यवसायीक योजना पनि प्रस्तुत गर्नुपर्ने हुन्छ । सो अन्तरवार्ताबाट छनोट समितिले ३ जनाको नाम छनोट गरेर सञ्चाक समितिमा पठाउने छ । र, सञ्चालक समितिले कुनै एक जनालाई सीईओ पदमा नियुक्ती गर्ने छ । मंसिर भित्र नै नयाँ सिईओ नियुक्त गर्ने कम्पनीको तयारी छ ।
राष्ट्र बैंकका अशोक पौडेल र चिरायु भण्डारी बीच कडा प्रतिस्पर्धा भएको बताइएको छ । उनीहरु दुई जनाले नै प्रधानमन्त्री समक्ष यो कुरा पठाइसकेका छन् । उनीहरु दुई मध्ये एक जना कम्पनीको नयाँ सीईओ हुने प्रवल सम्भावना छ।
विर्तमान सीईओ चिरायु भण्डारीको कार्यकाल सकिएपछि गत साउनदेखि यो पद रिक्त छ । कम्पनीले असोज १७ गते सीईओ पदका लगि नयाँ आवेदन खुलाएको थियो ।
कम्पनीले सीईओ छनोटका लागि अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनीको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको छ । उक्त समितिमा नेपाल री का सञ्चालक रमेश राणा र इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) का अध्यक्ष कृष्णप्रसाद आचार्य पनि सदस्यको रुपमा रहेका छन् ।
प्रतिक्रिया