आज लक्ष्मी बैंकको लाभांश सुरीक्षत गर्ने आज अन्तिम दिन रहेको छ ।
बैंकले साधारण सभा प्रयोजनका लागी मंसिर २३ गतेदेखि बुक क्लोज गर्ने भएपछी आज सम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएका हुन ।
यसअघि बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको सहित ५ प्रतिशत नगद लाभांश गरि कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।
उक्त लाभांश प्रस्ताव गर्न बैंकले पुस ६ गते आफ्नो १९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ।
हाल ८ अर्ब ९२ करोड ५ लाख ९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस शेयर वितरण पश्चात चुक्ता पूँजी ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया