कञ्चन डेभलपमेन्ट बैंकद्वारा १७ प्रतिशत नगद लाभांश प्रस्ताव, १० प्रतिशत बोनस दिने

६ बर्ष अगाडि

कञ्चनपुरमा प्रधान कार्यालय रहेकाे कञ्चन डभेलपमेन्ट बैंकले शेयरधनीहरुलाई १७ प्रतिशत नगद र १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । 

बैंकले गत आर्थिक वर्षको नाफाबाट सो लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको हालै सम्पन्न सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत र संस्थाको साधारणसभाले पारित गरेपछि कार्यान्वयन हुनेछ । 

हाल ५३ करोड १३ लाख रुपैयाँ चुक्तापुँजी रहेको बैंकले १० प्रतिशत बोनस शेयर दिएपछि संस्थाको चुक्ता पुँजी ५८ करोड ४४ लाख रुपैयाँ नाघ्ने छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया