पत्रकार रिजाललाई आर्थिक सहयोग

६ बर्ष अगाडि

मुटु रोगले पीडित हुनुभई  हाल उपचाररत रहेका पत्रकार महेश रिजाललाई नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले  आर्थिक  सहयोग प्रदान गरेको छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेल र जिल्ला शाखा अध्यक्ष सविन प्रियासनले आज उनलाई सहयोग स्वरुप रु एक लाख २६ हजार ६५  प्रदान गरे।

सो रकम महासङ्घका जिल्ला, प्रदेश , केन्द्रीय  सभाषद्  तथा यहाँका सञ्चारमाध्यमले उपलब्ध गराएका थिए । केन्द्रीय सभाषद् समेत रहेका  रिजालको उपचारका लागि महासङ्घ शाखाले सहयोग अभियानको सुरुआत समेत गरेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया