नेपाली धावक पार्कीलाई स्वर्णपदक

६ बर्ष अगाडि

१३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा नेपाली धावक गोपिचन्द्र पार्कीले स्वर्णपदक हासिल गर्नुभएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज विहान  भएको खेलमा उहाँले निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै स्वर्णपदक हात पार्नुभएको हो । एथ्लेटिक्समा नेपालले जितेको यो दोस्रो स्वर्णपदक हो । यसअघि सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा नेपाललाई स्वर्णपदक दिलाउनुभएको  थियो ।

सोही स्पर्धामा नेपालकै हरिकुमार रिमालले कास्यपदक हासिल गर्नुभयो । रिमालले १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गर्नुभयो । भारतका सुनिल दवारले १४ मिनेट ५५.२१ सेकेन्डको समयसहित रजत पदक हात पार्नुभयो ।

६ बर्ष अगाडि

प्रतिक्रिया