एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत पहिलो हप्ताका एक विजयी चित्र कुमार सिगुलाई बिहीबार (मंसिर १९) एक कार्यक्रम माझ रु २ लाख नगद पुरस्कार हस्तानतरण गरेको छ ।
पाँचथरका सिगु यस योजना अन्तर्गत पहिलो हप्ताका पाँच विजयीहरु मध्ये एक हुन् ।
आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १, २०७६ देखि संचालन गर्दै आएको छ । यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता रु २ लाख नगद र प्रत्येक महिना रु १० लाख नगद जित्ने मौका पाउँछन् ।
योजनाको पहिलो हप्ताका पाँच विजेता ग्राहकहरु मध्ये बिहीबार एक ग्राहक सिगुलाई एनसेल सेन्टर कुमारीपाटीबाट रु २ लाख नगद पुरस्कार ग्रहण गरेका छन् ।
एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा रु १०० वा यस भन्दा बढिको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबार देखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भईरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ ।
प्रतिक्रिया