कपास उद्योगमा आगलागी

६ बर्ष अगाडि

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित मनकामना कपास उद्योगमा आज बिहान आगलागी हुँदा  दश लाख बराबरको क्षति भएको छ । विद्युत् चुहिएर एक्कासि आगलागी हुँदा उद्योगमा रहेका सामग्री जल्दा रु दश लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

आगलागीबाट उद्योगभित्र रहेको कच्चा सामग्री,उद्योगका मेसिनलगायतका सामग्रीमा क्षति पुगेको उद्योगका सञ्चालक पूर्णकुमार मानन्धरले जानकारी दिनुभयो । विद्युत् चुहिएर आगलागी भएको हुनसक्छ, क्षतिको पूर्ण विवरण त आइसकेको छैन,मानन्धरले भने।

इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरी सहायक निरीक्षक दिनेश पौडेलले बताए ।     
   
 

६ बर्ष अगाडि

प्रतिक्रिया