किन बन्द छ आज ग्लोबल र जनता बैंकको कारोबार ?

६ बर्ष अगाडि

काठमाडौं – आज मङ्सिर १९ गते  जनता र ग्लोबल आईएमई बैंकको सम्पूर्ण बैंकिंङ सेवा बन्द भएको छ । जसका कारण ग्राहक प्रभावित भएका छन् । कारण के हो त? धेरैले चाल समेत पाएका छैनन् । यद्यपी उनीहले जानकारी भने दिएका थिए ।

एकीकृत कारोबारका लागि सबै शाखा बन्द गरिएको हो । यही मंसिर २० गतेदेखि एकिकृत कारोबार गर्न लागेकाले डाटा माईग्रेसन प्रयोजनको लागि दुवै बैंकको सेवा प्रभावित भएको हो ।जस अनुसार आज जनता बैंकको सम्पूर्ण बैंकिंङ कारोबार बन्द छ । हिजो साँझ ६ बजेदेखि नै १९ गते राति १२ बजेसम्मको लागि बैंकको एटिएम, मोबाइल बैंकिंङ , इन्टरनेट बैंकिंङ सेवा बन्द छ । 

ग्लोबल आईएमई बैंकको पनि  अतिरिक्त तथा सन्ध्या कालिन काउन्टर सेवा बन्द छ । जनता बैंकको जस्तै ग्लोबलको १८ गते साँझ ६ बजेदेखि १९ गते राति १२ बजेसम्मको लागि बैंकको एटिएम, मोबाइल बैंकिंङ , इन्टरनेट बैंकिंङ सेवा बन्द छ ।ग्लोबलको राजश्व काउन्टरबाट संचालन हुने आरएमआईएस सेवा भने निरन्तर चल्ने बैंकले जनाएको छ ।  दुवै बैंकको सम्पूर्ण सेवाहरु २० गतेबाट नियमित रुपमा सुचारु हुने छ । 

मर्जपछि ग्लोबल आईएमई बैंकको नामबाट सेवा हुने छ । मर्जपछि हाल जनता बैंकमा खाता रहेका ग्राहकको खाता नम्बर परिवर्तन हुने भएकोले ग्लोबलको जुनसुकै शाखामा गएर नयाँ खाता लिन बैंकले आग्रह गरेको छ ।  मोबाइल बैंकिंङको हकमा समेत जनताको साविककै युजर नेम र पासवर्डले काम गर्ने तर ग्लोबलको मोबाइल एप डाउनलोड गर्नु पर्ने बैंकले प्रष्ट पारेको छ ।

 

६ बर्ष अगाडि

प्रतिक्रिया