आगलागीबाट घर जलेर नष्ट

६ बर्ष अगाडि

जिल्लाको बलरा नगरपालिकामा आज बिहान आगलागी हुँदा दुई लाख ५० हजार बराबरको सामान जलेर नष्ट भएको छ ।

बिजुली सर्ट भई आगलागी हुँदा बलरा–११ छतौना निवासी किशोर सिंहको घर जलेर नष्ट भएको हो । आगलगीबाट घरभित्र रहेका अन्नपात, भाँडाकुडाँ, लत्ताकपडालगायत सबै समान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

स्थानीय र प्रहरीले करीब एक घण्टाको प्रयासमा आगो नियन्त्रणमा लिएपछि छेउछाउका घर जल्नबाट जोगिएको स्थानीयवासी पञ्कज सिंहले जानकारी दिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया