उसुमा निमाले जितिन् स्वर्ण

६ बर्ष अगाडि

राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत उसु खेलमा नेपालकी निमा घर्ती मगरले स्वर्णपदक जितेकी छिन्।

लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा आज भएको उसुअन्तर्गत महिला नान्दोमा उनले कूल १८.९१ अङ्क जोड्दै स्वर्णपदक जितेकी हुन । निमा उसुमा लगातार दुई स्वर्ण जित्ने पहिलो खेलाडी बनिन् सन् २०१६ मा भारतमा भएको १२ औँ सागमा पनि निमाले नेपाललाई स्वर्णपदक दिलाएकी थिइन् । सोही स्पर्धामा बङ्गलादेशले रजत जित्दा श्रीलङ्काले कास्यपदक हात पार्यो ।

त्यस्तै महिला उसुको थाउलो ताइजिनमा नेपालकी मीना ग्लानले रजत जितिन । सो स्पर्धामा श्रीलङ्काले स्वर्ण जित्यो भने बङ्गलादेशले कास्यपदक पायो । उसुको पुरुष थाउलो गुन्सुतर्फ नेपालका विश्व बुढा मगरले रजतपदक हात पारे । यस स्पर्धामा भारतले स्वर्ण तथा बङ्गलादेशले कास्य पदक जित्यो ।     
   
 

६ बर्ष अगाडि

प्रतिक्रिया