नेप्सेको एक घण्टाः ५.७७ विन्दुले बढ्यो परिसुचक

६ बर्ष अगाडि

 काठमाडौं – साताको अन्तिम दिनको पहिलो घण्टा नेपाल स्टक एक्सचेन्ज (नेप्से) अथार्त नेपाली शेयर बजार बढेको छ । आज ११२४.४७ विन्दुबाट कारोबार सुरु भएको थियो, १२ बजेसम्म आउँदा त्यो नेप्से परिसुचक ०.५१ प्रतिशतले बढेर ११३०.२४ विन्दुमा पुगेको छ । केही दिन अघि निरन्तर ओरालो लागेको शेयर बजार पछिल्ला दिनहरुपमा बढ्ने क्रम जारी छ । नेप्सेका अनुसार हालसम्म ५ करोड ९ लाख ७ हजारको कारोबार भएको छ । यस्तै, अहिलेसम्म १ लाख ४६ हजार ९०१ शेयर कित्ताको ९२१ पटक कारोबार भएको नेप्सेको भनाइ छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया