‘मातृभाषा शिक्षालाई प्रभावकारी एवं व्यवस्थित बनाइनेछ’

६ बर्ष अगाडि

पाँचथरको फाल्गुनन्द गाउँपालिकाले मातृभाषा शिक्षालाई प्रभावकारी एवं व्यवस्थित बनाउनका लागि फाल्गुनन्द भाषा शिक्षालय निर्माण तथा सञ्चालन गर्ने निर्णय गरेको छ । 

गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष वीरबहादुर कुरुम्बाङले गाउँपालिकाको कार्यालय घुर्वीसेपञ्चमीमा बुधबार पदभार ग्रहण गर्दै सो निर्णय गरेका हुन्। 

अध्यक्ष कुरुम्बाङले मातृभाषाका शिक्षक उत्पादन गरी मातृभाषा शिक्षालाई प्रभावकारी एवं व्यवस्थित बनाउनका लागि भाषा शिक्षालय निर्माण तथा सञ्चालन गर्ने निर्णय गरिएको बताए । 

यसैगरी उनले दुई वर्षभित्रमा गाउँपालिकाको प्रशासकीय भवन निर्माण, छ महिनाभित्र फाल्गुनन्द आवधिक योजना निर्माण, गरीबी निवारण कार्यक्रम सञ्चालन तथा समावेशीकरण, लैङ्गिक समानता, सुशासन, सूचना प्रविधिको उपयोगमार्फत प्रभावकारी सेवा प्रवाह गर्ने लगायत निर्णय गरिएको जानकारी दिए। 

सो अवसरमा अध्यक्ष कुरुम्बाङले जनतालाई सुखी बनाउने र फाल्गुनन्द गाउँपालिकालाई समृद्ध बनाउने कार्यमा सहकार्य तथा सहयोग गर्न सबै पक्षलाई आग्रह गरे । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया