महिलाहरुमा देखिएको फिस्टुला रोगको न्यूनीकरणका लागि महिला स्वास्थ्य स्वयंसेविकालाई ‘फिस्टुला रोग’बारे अभिमुखीकरण तालीम दिएको छ ।
नारायण नगरपालिका स्वास्थ्य शाखाको समन्वय र साइनिङ अस्पतालको आयोजनामा शुरु भएको सो तालीममा नगरपालिकाभित्रका महिला स्वयंस्वसेविकाहरुको सहभागिता रहेको छ ।
फिस्टुला शरीरको कुनै पनि भित्री अङ्गमा पर्ने अनाश्यक प्वाल हो । महिलाहरुमा फिस्टुला बच्चा जन्माउँदा हुने जटिलताका कारण हुनेगर्छ । सानो उमेरमा गर्भवती हुँदा र लामो प्रसव ब्यथा लाग्दा शिशुको टाउकोको दबाबले पिशाब थैलीमा वा मलाशयमा प्वाल पर्छ । सन्तान जन्माइ सकेपछि सुत्केरीलाई लगातार पिसाव बगिरहने हुन सक्छ । मलाशयमा परेको दवाबले गर्दा गर्दा कहिले कहिले दिसा पनि चुहिने हुन सक्छ । यसरी दिसा र पिसाव दुवै चुहिँदा महिलालाई शारीरिक र मानसिक रुपमा हुने कष्ट त छँदैछ, घर परिवारबाट पनि अपहेलित हुने अवस्था हुन्छ ।
महिलामा देखिएको यो रोगको पहिचान र निःशुल्क उपचारका लागि सहज होस् भने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि यसबारे अभिमुखीकरण तालीमको आयोजना गरिएको नारायण नगरपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र हमालले जानकारी दिए।
उनले स्थानीयस्तरमा अझै पनि फिस्टुला भएका महिला खुलेर उपचार गर्न नआउने समस्या रहेको भन्दै नगरभित्रका महिला स्वयंसेविकालाई फिस्टुला कसरी हुन्छ रु त्यसको उपचार विधि र उपचार गर्ने स्थानका बारेमा जानकारी गराइएको बताए।
प्रतिक्रिया