थप अन्योल बन्यो प्रधानन्यायाधीशको सुनुवाई

७ बर्ष अगाडि

प्रधानन्यायाधीश  दीपक राज जोशी भन्ने कि नबन्ने भन्नेमा थप अन्योल बनेको छ ।   आजको संसदीय समिति बैठकले यसबारे निर्णय नगरी बैठक पुन साउन १६ गतेसम्मको लागि स्थगित गरेपछि  अन्योल बढेको हो । 
निर्णयको लागि छलफलको क्रम नसकिएको भन्दै बैठक साउन १६ गतेसम्मको लागि स्थगित गरिएको हो ।  समितिका जेष्ठ सदस्य  लक्ष्मणलाल कर्णले  जोशीबारे सुनुवाई भएपनि छलफलको क्रम नसकिएकाले १६ गतेसम्मको लागि बैठक स्थगित गरिएको जानकारी दिए । 
जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको र धेरै प्रश्नको जवाफ नै नदिएको भन्दै समितिका सदस्यहरु असन्तुष्ट छन् । 

भावी प्रधानन्यायाधीश जोशीको गत बिहीबार सुनुवाइ भएको थियो । तर, उनी  विवादमा  तानिएकाले प्रधानन्यायाधीश बनाउने या नबनाउने भन्नेमा अन्योलता उत्पन्न भएको छ ।

यही कारण समितिको  बैठक आइतबार पनि स्थगित भएको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया