चीनबाट प्यान आउन थालेपछि प्याजको मूल्य घट्यो

६ बर्ष अगाडि

चीनबाट आउन थालेपछि नेपाली बजारमा प्याजको मूल्य घट्न थालेको छ । प्रतिकिलो २ सय ५० रुपैयाँको हाराहारीमा पुगेको प्याज  घट्न थालेको हो ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सुकेको प्याजको खुद्रा मूल्य प्रतिकिलो १ सय ९० रुपैयाँ रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठका अनुसार चीनबाट आयात गरिएकोे प्याज कालीमाटीसम्म आइपुग्दा प्रतिकिलो ८० रुपैयाँ पर्न आउँछ । भारतबाट आयात बन्द भएपछि चीनबाट ल्याउन थालिएको हो । चीनको प्याज आकार ठूलो तथा स्वाद र रङ पनि फरक हुने उपभोक्ताको भनाइ छ ।

पछिल्लो तीन महिनामा ७ लाख ३६ हजार किलो भारतबाट र ४१ हजार किलो चीनबाट प्याज आयात भएको छ । रसुवागढी नाकाबाट २ दिनमा ६२ हजार ५ सय ८० किलो प्याज आयात भएको श्रेष्ठले बताए । चालू आर्थिक वर्षको दुई महिनामा पहिलोपटक यो नाकाबाट यति धेरै प्याज आयात भएको उनले बताए।
 

६ बर्ष अगाडि

प्रतिक्रिया