लागुऔषधसहित युवक पक्राउ

६ बर्ष अगाडि


ठूलो परिमाणमा लागुऔषधसहित प्रहरीले महोत्तरीमा एक युवकलाई पक्राउ गरेको छ । 

पक्राउपर्नेमा एकडारा गाउँपालिका–३ अमरपट्टीका २४ वर्षीय पप्पुकुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

सिमावर्ती भारतीय शहर भिठ्ठामोडबाट ज१२प।८३४ नं को मोटरसाइकलमा चढेर नेपाल आउने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जलेश्वर नपा– ६ स्थित सडकमा चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषधसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

उनको साथबाट प्रहरीले लागुऔषध प्रोमेथाजिन हाईड्रोक्लोराईड इन्जेक्सन २ एमएलको ९८ पिस, बुप्रेनोर्फिन इन्जेक्सन २ एमएलको १०० पिस, डाइजेपाम इन्जेक्शन २ एमएलको १०० पिस र इन्ट्राजेपाम ट्याब्लेट १० लेखिएको ९०० पिस बरामद गरेको जनाइएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया