महानगरीय प्रहरी प्रभाग कोटेश्वरले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले यही १७ गते १५ः०० बजे काठमाण्डौ महानगरपालिका–३२ फेमली क्याफेबाट काभ्रे बनेपा बस्ने मकवानपुर हेटौडाका सुवास पराजुली र सोही ठाउँका मनिश शाहीलाई पक्राउ गरेको छ ।
निजहरूको साथबाट प्रहरीले लागुऔषध नाईट्राभेट १ सय ५० ट्याबलेट बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया