पश्चिमाहरुको सिको गर्दै चीन : अब नेपालमा चीनका पनि आइएनजिओ

७ बर्ष अगाडि

काठमाडौ । पश्चिमा मुलुक र भारतीयहरुले नेपालमा गैरसरकारी संस्था चलाएको , हुने नहुने सबै काममा समेत हाल हालेको त नौलो विषय थिएन । अब नेपालमा चिनियाँ गैरसरकारी संस्था समेत आउने भएका छन् ।

समाज कल्याण परिषद् र चीनको एनजिओ नेटवर्क फर इन्टरनेशनल एस्कचेञ्जले समेत नेपालमा काम गर्ने गरी सम्झौता भएको छ ।

अन्तरदेशिय गैर सरकारी संस्थाहरुलाई संयूक्त रुपमा परिचालन गर्ने गरी ३ बर्षे समझदारी पत्रमा आइतबार हस्ताक्षर गरिएको छ ।

चिनियाँ गैरसरकारी संस्था स्थापना तथा सञ्चालनका लागि भएको सम्झौतापत्रको हस्तान्तरण समारोहमा  महिला, वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र चीनका उपमन्त्री वाङ वाइजेनको उपस्थिती थियो ।

समझदारीपत्रमा परिषद्का सदस्यसचिव डिल्लीप्रसाद भट्टराई र चिनियाँ गैरसरकारी संस्थाका तर्फबाट झु रुईले हस्ताक्षर गरेका थिए ।

समझदारी पत्रमा जिविकोपार्जन, स्वास्थ्य सेवा, शिक्षा, सीपमा आधारित तालिम, सामुदायिक विकास र बिपद व्यवस्थापन लगायतका क्षेत्रमा काम गर्नका लागि चिनिया गैरसरकारी सस्ंथाहरुलाई परिचालन गर्ने बिषयलाई प्राथमिकताका साथ राखिएको परिषद्ले जनाएको छ ।

 समझदारीपत्रअनुसार जनवादी गणतन्त्र चिन र संघीय लोकतान्त्रिक  गणतन्त्र नेपालबीच भएको सम्बन्धलाई चिनिया गैसस परिचालनमार्फत अझ सुदृढ बनाउने, नेपालमा चिनिया विकास सहायता सञ्चालन गर्दा नेपालको कानुन अनुरुप पालना गर्ने विषय समेटिएको छ ।

यस्तै नेपालको नीति तथा योजनालाई सहयोग गर्न नेपाली गैसस र परिषद्लाई साझेदार वनाएर कार्यक्रम सञ्चालन गर्न चिनिया गैससलाई कार्यक्रम तर्जुमा र कार्यान्वयनमा सहयोग गर्ने, परियोजना चरणमा समाज कल्याण परिषद् र चिनिया गैससबीच समञ्वय र सूचना सम्प्रेषणमा सहयोग गर्नेलगायतका विषय समेटिएका छन ।  

यस्तै नेपाल सरकार र चिनिया सरकारको परराष्ट्र नीतिलाई सम्मानगर्दै बिकास सहायता सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, आवस्यकताअनुसार संयुक्त वैठकका लागि परस्परमा सूचना सम्प्रेषण गर्न सूचना संयत्र तयार गर्ने, समाज कल्याण परिषद्को संस्थागत विकासका  लागि कार्यक्रम सञ्चालन गर्ने ,  दुई देशबीचमा परस्पर लाभका लागि साँस्कृतिक भ्रमण आदान प्रदान गर्ने ।

कार्यक्रममा  चीनका ३० गैसस र नेपालका २० गैससका प्रतिनिधीको उपस्थिती  थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया