१७ औं हस्तकला ट्रेड फेयर तथा १५ औं क्राफ्ट प्रतियोगिताको अवसरमा नबिल बैंक र नेपाल हस्तकला महासंघ बीच सम्झौता भएको छ ।
हस्तकला ट्रेड फेयरको उद्घाटन समारोहमा नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौतासंगै नबिल बैंकले देशको हस्तकला क्षेत्रको प्रबर्धन र संरक्षणको लागि सदा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्तकला क्षेत्रको संरक्षण र उन्नतीको लागी नबिल बैंक सधैं तत्पर रहने बताएका थिए । उनले हस्तकला क्षेत्रको उत्थानका लागी नेपाल हस्तकला महासंघसंग सहकार्य गर्न पाउंदा निकै खुशी लागेको र यो सहकार्यले हस्तकला क्षेत्रमा आबद्ध भएका व्यक्तिगत तथा व्यवसायहरुलाई लाभ हुने विस्वास व्यक्त गरे ।
नेपाल हस्तकला महासंघका अध्यक्ष शाक्यले नेपाल हस्तकला महासंघले नबिल बैंकलाई हस्तकला मैत्री बैंक २०७५र७६ घोषणा गर्न पाउंदा खुशी लागेको बताउंदै निजी क्षेत्रको तर्फबाट यस्तो सहकार्य गर्न आरम्भ भएकोमा खुशी व्यक्त गरे ।
प्रतिक्रिया