जनता र ग्लोबलको मंसिर २० गतेदेखि एकीकृत कारोबार, अब अन्य बैंकले आफ्नो शाख कसरी बचाउछन् ?

६ बर्ष अगाडि

काठमाडौं – जनता र ग्लोबल आईएमई बैंकले मंसिर २० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । गत असार २० गते मर्जरमा जाने सम्झौता गरेको यी दुई बैंकले शुक्रबारदेखि एकीकृत कारोबार गर्ने भएका हुन् । 
यसका लागि बैंकहरूले डाटा माइग्रेट गर्न आज बेलुकादेखि भोलि राति १२ बजेसम्म दुवै बैंकको कारोबार बन्द पनि गर्ने भएका छन् । मर्जपछि बैंकको नाम ग्लोबल आईएमई बैंक हुनेछ । र त्यो बैंक नै अब नेपालको सबैभन्दा ठुलो बैंक हुने पक्का भएको छ । 

मर्जरसँगै बैंकको चुक्तापुँजी रू. १९ अर्ब रूपैयाँ पुग्नेछ, जुन नेपालको सन्दर्भमा सबैभन्दा बढी हो । हाल ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ रहेको छ भने जनता बैंकको चुक्तापूँजी रू. ८ अर्ब ७ लाख ८५ हजार ८ सय रुपैयाँ रहेको छ । उनीहरुले गत आवको बोनस शेयर वितरण गरेपछि चुक्तापुँजी थप बढ्ने छ । 

ग्लोबल बैंकले गत आर्थिक वर्ष ०७५÷०७६ को मुनाफाबाट १२ दशमलव ७५ प्रतिशत बोनस दिएपछि बैंकको चुक्तापूँजी  ११ अर्ब ६२ करोड ५१ लाख ६ पुग्ने छ । यस्तै जनता बैंकले गत आर्थिक वर्षमा ६ प्रतिशत बोनस शेयर दिएपछि चुक्तापूँजी रू. ८ अर्ब ४८ करोड ८ पुग्नेछ ।

मर्जरपछि ग्लोबल आइएमइ बैंकको कूल निक्षेपको आकार रू. २ खर्ब १० अर्ब, कर्जा लगानी रू. २ खर्ब हुनेछ । यस्तै शाखा कार्यालय करिब ३०० पुग्नेछन् । बैंकका एटिएम २ सय ५६ र  २ सय ४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन कायम हुनेछ । यसैगरि बैंकका कर्मचारी ३ हजार २ सय ५० भन्दा बढी हुनेछन् भने ग्राहकहरु २० लाख भन्दा माथि हुनेछन् । 
यी दूई बैंक मर्जर भएर सबैभन्दा ठुलो बैंक हुने भएपछि अन्य बैंकलाई आफ्नो शाख जोगाउन मुस्कील हुने देखिएको छ । साथै, अन्य बैंकहरुलाई मर्जरमा जान पनि चुनौती दिएको छ ।
पछिल्लो समय हरेक परिसुचकको आधारमा राष्ट्रिय बाणिज्य बैंक पहिलो नम्बरमा छ । यस्तै, एनआईसी एशिया बैंक पनि व्यवसायीक गतिवधि बलियो बनाउँदै लगेको छ । 
केही समय अगाडिको नम्बर एक बैंकको रुपमा चिनिने नविल बैंक पनि अहिले आफुलाई सोही स्थानमा फर्काउन प्रयासरत छ । तर, जनता र ग्लोबल बैंक मर्ज भएर सबैभन्दा ठुलो बैंक भएपछि अन्यलाई नम्बर वानमा आउन मुस्किल हुने देखिएको छ । उनीहरूलाई आफ्नो शाख जोगाउन मर्जरको बाटो रौज्दै पर्ने बाध्यता देखिएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया