काठमाडौं–अर्थ मन्त्रालयले आधा दर्जन सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले आफूअनुकूलका व्यक्तिलाई ल्याउने क्रममा छोटो समयमा नै पटकपटक ससचिवहरूको फेरबदल गरेका हुन् ।
केहीे महिनाअघि मात्रै पनि उनले ठूलो संख्यामा सहसचिवको सरुवा गरेका थिए । अर्थमन्त्री डा। खतिवडाले भने कामका आधारमा जिम्मेवारी हेरफेर गरेको दाबी गरेका छन् ।
अर्थ मन्त्रालय स्रोतका अनुसार अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव सुमन दाहाललाई दिइएको छ । यस्तै, प्रशासनका अर्जुन पोखरेललाई सरकारले कपिलवस्तुको प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनाएपछि रिक्त स्थानमा दाहाललाई मन्त्रालय भित्र्याइएको हो । दाहाल आन्तरिक राजस्व कार्यालय क्षेत्र नं। ३ का प्रमुख थिए ।
महालेखा नियन्त्रकको कार्यालयबाट दामोदर रेग्मीलाई तालिम केन्द्रको प्रमुखमा पठाइएको छ । उनको स्थानमा मुकुन्द पन्थीलाई ल्याइएको छ । उनी आन्तरिक राजस्व कार्यालय क्षेत्र नं। २ का प्रमुख थिए ।
आन्तरिक राजस्वका तीनवटा क्षेत्रीय कार्यालय खारेज भएपछि दाहाल र पन्थी जिम्मेवारीविहीन थिए । यसैगरी, नयाँ खुलेको मझौला ठूला कार्यालय प्रमुखमा झक्कप्रसाद आचार्यलाई लगिएको छ । यसैगरी, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रबाट मन्त्रालय फर्किएकी चन्द्रकला पौडेललाई अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख बनाइएको छ । आजको राजधानी दैनिकमा खबर छापिएको छ । फेरि हाशाखा प्रमुख बनाइएको छ । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।
प्रतिक्रिया