अनलाइनबाट तामाकोसीको सेयर आवेदन भर्न पाइने

७ बर्ष अगाडि

दोलखा।विदेशमा बस्ने दोलखावासी नेपाली नागरिकले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा अनलाइनबाट सेयर आवेदन भर्न पाउने भएका छन् । 
बिक्री प्रबन्धक नागरिक लगानी कोष र सहायक प्रबन्धक सनराइज क्यापिटल तथा माथिल्लो तामाकोसी आयोजनाको वेबसाइटमार्फत सेयर आवेदन फाराम डाउनलोड गरी भर्न सक्ने व्यवस्था मिलाइने आयोजनाले जनाएको छ । 
दोलखावासीका लागि यही १६ साउनदेखि १४ भदौसम्मका लागि सेयर आवेदन अवधि तोकिएको छ ।  आजको राजधानी दैनिकमा खबर छापिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया