काठमाडौं– काठमाडौंबाट दुबईका लागि उड्न लागेको विमानका चालकले मदिरा सेवन गरेको भेटिएको छ । फ्लाई दूबईका पाइलटले मदिरा सेवन गरेको उडान रोकिएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए ।
विमानस्थल स्रोतका अनुसार आइतबार बिहान ९ः४० बजे विमान दूबई उड्न लागेको थियो ।
फ्लार्इ दूबईबाटै आधिकारिक रुपमा आफ्ना विमान चालकको परीक्षण गर्न अनुरोध आएपछि पाइलटको स्वास्थ्य जाँच गरिएको र सो क्रममा मदिरा सेवन गरेको पाइएको थियो ।
प्रतिक्रिया