नेपालमा चिनियाँ रेलको सम्भावना

७ बर्ष अगाडि

–निरज सापकोटा

नयाँ सरकार निर्माण सँगै सरकारले समृद्धिको नारा वोकेर अगाडी बढाएको छ  । त्यसका निम्ति ठुला परियोजनाको निर्माण अन्तरदेशिय व्यापारिक सम्बन्धका करिडोर निर्माण सरकार लागिरहेको छ । सरकारले उत्तरदक्षिण सडक कारिडोर निर्माण गर्दैछ । नेपाल भारत अन्तरदेशिय विद्युत प्रशारण लाइन थप गर्देछ भने क्षमता वृद्धिका कार्य पनि सगसगै गर्दैछ । अव प्रशारण लाइन चीन तर्फ पनि जोडिदैछ भने वङगलादेशसग पनि विद्युत प्रशारण लाइन जोडिने तरखरमा छ । नेपाल भारत वङगलादेश  र भुटान मिलि सडक संचालनका कार्य थालनी भएका छन । 

सञ्चारका क्षेत्रमा नेपाल–भारत र नेपाल–चीन मा अप्टिकल फ्राइवर सञ्चालन जोडिएको छ । यसरी हामी हाम्रा छिमेकीहरु सँग  विद्युत, सडक र सञ्चार क्षेत्रमा एकअर्कासँग जोडिएको काम गरिरहेका छौ । पछिल्लो समय भारत र चीनसँग जोडिन खोजिएको रेल बहुचर्चित बनेको छ । यसका विषयमा विभिन्न खालका टिकाटिप्पणी हुन थालेका छन । ठुला परियोजना निमार्ण गर्दा प्रयाप्त छलफल बहस यसका लाभ हानी के कति हुन देशको सामाजिक आर्थिक परिवर्तन कस्तो खालको प्रभाव पार्न सक्छ लगायतका विषयमा छलफल हुनु सह्रानिय कुरा हो । तर यस्ता परियोजनाको सुरुवातमा नै नकरात्मक टिप्पणीले समृद्धिको यात्रालाई अवरोध पु¥याउनु मात्रा हो ।

यातायातका विभिन्न साधनमध्ये सामान ढुवानीका निम्ति सस्तो माध्यम पानीजहाज त्यसपछिका सस्तो साधन रेल हो । नेपालको ढुवानी सडक र हवाईको माध्यमबाट मात्रै हुन्छ । जुन ढुवानी लागतले मात्रै पनि वस्तु तथा सेवाको मुल्य मह्रगो हुन पुग्छ । सरकारले रेल सञ्जाल देशैभरि जोडने कार्यलाई प्रथामिकताका साथ अगाडी बढाएको छ । दुवै देशसँग रेल संजालबाट जोडिने प्रयास सुरुगरेको छ । पछिल्लो समय नेपालमा चिनियाँ रेल र भारतीय रेलको बिषयले बढि चर्चा पाउन थालेको छ ।

चिनियाँ रेल चीन संसारको सवैभन्दा ठुलो अर्थतन्त्र भएको मुलक हो । निर्यात व्यापारमा पनि पहिलो स्थानमा छ । चीनले रेलको क्षेत्रमा गरेको अतभुत विकाशले संसारको जस्तो जुकै भुगोलमा रेल पु¥याउन सकिन्छ  भने कुरा रेलको उच्च विन्दु ५०६८ मिटर को उचाइ बाट रेल पार गर्छ । जसका कारण चिनिया रेल नेपालको पहाडै पहाडको भुगोलमा पनि  निर्माण र संचालन गर्न सकिन्छ भन्ने कुरा पुष्टि गर्छ । चिनिया रेलको संजाल देशभित्र १,२१,००० किमि भन्दा ज्यादा छ । जसमध्ये करिव १९००० किमि मा उच्च गतिको रेल सञ्जाल रहेको छ । जुन प्रतिघण्टा ३५० किमिको गतिमा यात्रातय गर्दछ । चीन सरकारले आफ्नो व्यापार वृद्धि गर्न पुरानो सिल्क रोडलाई इलभ दभति यलभ च्यबम  परियोजना मार्फत एसिया, अफ्रिका र युरोप सँग सडक र रेल तथा जलयातायात मार्फत सञ्जाल निर्माण गरिरहेको छ । नेपालको तर्फबाट पनि यस परियोजनामा सहभागी हुन प्रतिवधता सहितको सम्झौता भएको छ । जसका कारण चिनिया रेल नेपालमा आउने सम्भावना अध्याधिक छ । राज्यले रेल परियोजना निर्माणको क्रममा उक्त रेल चिनिया रेलको प्राविधिक पक्ष राम्ररी अध्यायन गर्नुपर्दछ । विशेषत चीनमा सञ्चालन भइरहेको रेल स्टान्डर्ड गेज हो । चीनमा सञ्चालनमा रहेको उच्च गतिको रेल निर्माण लागत प्रतिकिलोमिटर ९ १७–२१० मिलियन डलर पर्दछ । यस्तै प्रकारको रेल निर्माण युरोपमा प्रति किमि ९२५–३९० मिलियन डलर तथा अमेरिकामा ५६ मिलियन डलर पार्न आउदछ । तुलनात्मक रुपमा चिनमा  निर्माण लागत सस्तो देखिएको छ । नेपालले छिमिकी भारत पनि रेल सञ्जाल विस्तार गरिरहेको छ । इष्ट इन्डिया कम्पनीको समय देखि नै विभिन्न रुटमा नेपाल–भारत रेल सेवा संचलानमा थिए । रक्सौल–अम्लेखगञ्ज, जनकपुर–जयनगर जस्ता रुटमा रेल सञ्जाल जोडिएको थियो । भारत विश्वको चौथो ठुलो रेल सञ्जाल भएको मुलुक हो । जसको ६७,३६८ किमि रेल सञ्जाल छ बिशेषत भारत व्रोडगेज रेल सञ्जाल भएको मुलुक हो । नेपाल र भारत विच विभिन्न व्यापारिक नाकाहरुसँग रेल लिङ्क जोडिएका छन सरकारले जयनगर जनकपुर हुर्दै वर्दिवाससम्म रेलको लिङ्क पुननिर्माण र नया निर्माण गरिरहेको छ । साथ साथै नेपाल सरकारले पुर्व पश्चिम विद्युतिय रेल निर्माणको प्रक्रियालाई अगाडी बढाएको छ । यस्ता परियोजना निर्माणले देशको अर्थतन्त्रमा व्यापक मात्रामा वृद्धि हुनसक्छ । नेपाल र भारत बीच हुने व्यापारलाई सरल र सस्तो ढुवानीको रुपमा रेल यातायात उपयोगी साधन बन्न सक्दछ ।

नेपालसँग सिमा जोडिएका भारतका उत्तरप्रदेश , विहार तथा बंगालको जनसङख्या भारतको कुल जनसंङख्याको एक तिहाई जनसंङख्या हुन आउदछ । अर्को तर्फ भारत र चीन बिच बर्षेनी व्यापार बढदो क्रममा छ । भारतको उत्तर क्षेत्रको उच्च उपझोक्तालाई लक्षित गरी चीन व्यापार विस्तार गर्न चाहान्छ समुद्रको मार्गबाट व्यापार गर्न लामो मार्ग, झन्झटिलो प्रक्रिया र ढुवानी लगायतको कारण वस्तु तथा सेवाको मूल्यमा हुने वृद्धिले प्रतिस्पर्धा गर्न कठिनाइ सृजना भइरहेको छ । भारत र चीन जमिनबाट जोडिएता पनि उसका नाकाहरु सदावार संचालन गर्न सक्ने खालका छैनन । चीन नेपाल हुर्दै छोटो दुरीमा भारतको विशाल बजारमा प्रवेश गर्न चाहान्छ । जसको परिणम सरुप रसूवा–काडमाडौ–पोखरा हुदैै लुम्विनीसम्म रेल बनाउने कुरा गरिरहेको हुनसक्छ । जसले गर्दा ढुवानी लागत कमि हुन गइ मालसमामनको मुल्य सस्तो पार्न जान्छ । यदि चीन सरकार आफ्नो व्यापार नेपालको बाटो हुदैे भारतमा सहज प्रवेश र व्यापार गर्न पाउदछ भने चिनिया रेल अवको केहि बर्ष भित्रै बन्ने सुनिश्चित छ यदि व्यापारको सम्भावना नभएमा चिनिया रेल नेपालले कयौ बर्ष कुर्नु पर्ने पक्का छ ।

 

 

 

७ बर्ष अगाडि

प्रतिक्रिया