आज गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
यस अघि संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ७ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो ।
संस्थाले उक्त लाभांश अनुमोदन गर्न पुस ४ गते शुक्लागण्डकी नगरपालिका स्थित जंगल पार्क रिसोर्ट तनहुँमा साधारण सभा बोलाएको छ।
हाल १० करोड ३५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको माइक्रोफाइनान्सको वोनस वितरणपछि पूँजी ११ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया