उपत्यकाका ५ नगरप्रमुखले गरे यस्तो निर्णय

७ बर्ष अगाडि

काठमाडौं– उपत्यकाका दुई महानगरपालिका र तीन नगरपालिकाका प्रमुखहरुको सामुहिक बैठकले उपत्यकाका ऐतिहासिक,पुरातात्विक र सांसकृतिक संरचनाहरु जनसहभागिता जुटाएर निर्माण गर्ने निर्णय गरेको छ ।
आइतबार भक्तपुर नगरपालिकाको सभाहलमा बसेको बैठकले ऐतिहासिक, तथा पुरातात्विक सम्पदाको प्रमाणका आधारमा अध्ययन अनुसन्धान गर्दै मौलिक शैलीमा पुननिर्माण गर्न जोड दिने निर्णय गरेको हो ।
त्यस्तै बैठकले उपत्यकाका प्राचिन शहरहरु समेटेर सांसकृतिक संरक्षित केन्द्र घोषणा गर्न पहल गर्ने तथा अन्तर नगर सांस्कृतिक आदान प्रदानमा जोड दिने निर्णय गरेको छ । 
छलफलमा काठमाडौ तथा ललितपुर महानगरपालिकाका प्रमुखका साथै भक्तपुर, किर्तिपुर र मध्यपुर थिमि नगरपालिकाका प्रमुखको सहभागिता रहेको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया