वडा कार्यालय भवन उद्घाटन

६ बर्ष अगाडि

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जनताका सेवा र सुविधाका निम्ति वडा कार्यालयको आफ्नै भवन हुनुपर्ने बताएका छन्।

विराटनगर  वडा नं १७ को नवनिर्मित वडा कार्यालय भवनको आइतबार  उद्घाटन गर्दै उहाँले जनप्रतिनिधिलाई जनताको काममा विशेष ध्यान दिन आग्रह गरे।

रानीमा नवनिर्मित सो भवन रु ६३ लाख लागतमा निर्माण गरिएको हो । उन्नाइस वटा वडा रहेको महानगरपालिकामा  वडा नं। ५, १५ र १८ का वडा कार्यालय बनिसकेका छैनन् ।  वडा नं ८ को वडा कार्यालय मन्दिरको भवन बहालमा लिई प्रयोग भइरहेको छ । वडा नं ११ को कार्यालय भने निर्माणाधीन छ ।  अन्य वडाको आफ्नै कार्यालयबाट जनतालाई सेवा प्रदान गरिएको  महानगरपालिकाका कर्मचारी सुमन दाहालले जानकारी दिए।
 

६ बर्ष अगाडि

प्रतिक्रिया