स्वतन्त्र उम्मेदवार बनेका भिमेश झन्डै दोब्बर मतले विजयी

६ बर्ष अगाडि

शनिवार सम्पन्न भएको उपनिर्वाचनमा प्यूठान ऐरावती २ मा स्वतन्त्र  उम्मेदवार भिमेश कुमार घर्ती विजयी भएका छन् । 

राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई ३ सय ५१ मतान्तर सहित हराउँदै घर्ती विजयी भएका हुन् । 

नेकपाले राजमोलाई सहयोग गर्ने गरी निर्वाचनमा जाने सहमति गरेपछि नेकपा निकट घर्तीले स्वतन्त्रबाट उमेद्वारी दिएका थिए ।  छडी चिन्हबाट लडेका घर्तिले ८ सय ५५ मत प्राप्त गरे भने निकटतम प्रतिद्धन्द्धी राष्ट्रिय जनमोर्चाका भक्त बहादुर बि.क.ले ५ सय ४ मत र कांग्रेसका भुपाल सिं जि.सी.ले ३ सय ५६ मत प्राप्त गरेका छन् । 

१ हजार ७ सय ४१ मत खसेको २ नं. वडामा २६ वटा मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।  ऐरावती गाउँपालिका २ का वडा अध्यक्ष केशवराज आचार्य जिल्ला समन्वय समितिका प्रमुख भएपछि अध्यक्ष पद खाली रहेको थियो । 

९ मतले नेकपा विजयी

ऐरावती गाउँपालिका १ दाङवाङमा नेकपाका दोर्ण प्रसाद पाण्डे विजयी भएका छन् । नेपाली काँग्रेसका उमेद्वार अमर रेश्मीलाई ९ मतले हराउँदै पाण्डे विजयी भएका हुन् । 
पाण्डेले ६ सय ९६ प्राप्त गरे भने रेश्मीले ६ सय ८७ मत पाए ।   त्यस्तै प्यूठान नगरपालिका २ मा नेकपाका मुक्ती पोख्रेलले विजयी भएका छन् । 
प्यूठान नगरपालिका २, ऐरावती गाउँपालिकाको १ र २ गरी तिन वडा अध्यक्षका लागि भएको उपनिर्वाचनको अन्तिम मत परिणाम आज सार्वजनिक भएको हो ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया