बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल हुने पक्का

६ बर्ष अगाडि

बैंकर्स संघको अध्यक्ष भुवन दाहाल हुने पक्का भएको छ । 

उनले आईतबार उमेद्धारी दर्ता गराएका छन । वर्तमान उपाध्यक्ष अनुकुल भटनागरसाग कुराकानी गरी उनले उमेद्धारी दर्ता गराएका हुन । 
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहालले दुई कार्यकाल संघका कार्य समिति सदस्य थिए।

त्यस्तै उपाध्यक्षका लागी भटनागरले मंगलबार उमेद्वारी दर्ता गराउने छन्।
उनि अहिले भारतमा छन । 
अध्यक्षमा रुचि राखेका भटनागर भारतीय नागरिक रहेकाले नेतृत्वमा जाँदा ब्यवहारिक कठिनाइ हुने देखिएपछि उनी उपाध्यक्षमै बस्न तयार भएका हुन्।
उनि स्टेट बैंक अफ इण्डियाको प्रतिनिधिका रुपमा नेपाल एसबिआइ बैंकका प्रमुख कार्यकारीको रुपमा रहेका छन ।

६ बर्ष अगाडि

प्रतिक्रिया