निरन्तर बढ्दै सुनको मूल्य

६ बर्ष अगाडि

आईतबार सुनको मूल्य प्रतितोला ३ सयले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य  प्रतितोला ७१ हजार ६ सय रूपैयाँ तय गरेको हो । अघिल्लो दिन सुनको मूल्य प्रतितोला ७१ हजार ३ सय थियो ।  

अन्तराष्ट्रिय बजारमै सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानिय बजारमा परेको हो ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ७ डलरले बृद्धि भएको छ । सनिबार १४ सय ६३ डलरमा किनबेच भएको सुन आईतबार बढेर प्रति औंस १४ सय ७० डलर पुगेको छ ।

अघिल्लो दिन १४ सय ६३ डलरमा किनबेच भएको थियो । बिहीबार प्रति औंस १४ सय ५९ डलर थियो ।

तीन दिनमा प्रति औस सुनको मूल्य ११ डलरले बढिसकेको छ । स्थानीय बजारमा भने तीन दिनमा प्रतितोला १५ सय रूपैयाँले बढेको हो । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया