सरकारको सहयोगमा विपन्न परिवारलाई  ४६ नयाँ घर बनाइदिदैं

६ बर्ष अगाडि

प्रदेश नं ५ सरकारको सहयोगमा रुकुमपूर्वका विपन्न परिवारले अब नयाँ घर पाउने भएका छन् । आर्थिक अभावका कारण वर्षौँदेखि अर्कैको घरमा शरण लिएर बस्न बाध्य विपन्न परिवारले जनता आवास कार्यक्रमअन्तर्गत नयाँ घर पाउने भएका हुन् ।

प्रदेश नं ५ सरकारको ‘निरन्तर जनता आवास कार्यक्रम’अन्तर्गत यस आर्थिक वर्षमा ४६ नयाँ बन्ने भएका छन् । घर निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरिसकेकोे छ ।आफ्नै लगानीमा घर बनाउन नसक्नेलाई घर बनाइदिने प्रदेशको योजनाअनुसार छनोटमा परेका विपन्न दलित परिवारलाई नयाँ घर बनाइदिन लागिएको प्रदेशसभा सदस्य तेजबहादुर ओलीले बताए ।

जिल्लाको भूमे गाउँपालिकामा वडा नं १,२ र ९,सिस्ने गाउँपालिकाको वडा नं ८ र ४ तथा पुथा उत्तरगङ्गा गाउँपालिकाको वडा नं १,२,३,४,र ८ मा विपन्न घर परिवारको सर्वेक्षण गर्ने आ–आफ्नो गाउँपालिकालाई जिम्मा दिइएको छ, ओलीले भन्ने ,उक्त सर्वेक्षणअनुसार योजना छनोटको मापदण्डका आधारमा ४६ घरपरिवारलाई छनोट गरी नयाँ घर निर्माण हुनेछन्  ।

सो कार्यक्रमअन्तर्गत गत वर्ष पुथाउत्तरगङ्गा गाउँपालिका कोलका पाँच विपन्न दलित परिवारका नयाँ घर निर्माण भइसकेका छन् । गत आर्थिक वर्षको जनता आवास कार्यक्रमअन्तर्गतको प्रदेश नं ५ सरकारले पाँच विपन्न दलित परिवारका लागि नयाँ घर बनाइदिएको हो । घर निर्माण गर्न प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्रतिघर रु तीन लाख ३३ हजारका दरले रकम आएको थियो ।

यो कार्यक्रम शहरी विकास तथा भवन डिभिजन कार्यालय दाङले कार्यान्वयन गरिरहेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका–१२ कार्यालयका लेखा तथा प्रशासन सहायक बहादुर विकका अनुसार पाँच घर निर्माण भइसकेकाले अब प्रदेश सरकारले उहाँहरूलाई हस्तान्तरण गर्न मात्र बाँकी रहको छ ।

गत आर्थिक वर्षमा विपन्न दलित परिवारको तर्फबाट नयाँ घर पाउनेमा छनोट हुनेमा कोलका मानबहादुर दमाई, धनपुरा सुनार,तिरमाला कामी,रामप्रसाद कामी र तिलपुरी दमाईँ छन । उनीहरूको आफ्नै जग्गामा घर बनिरहेको वडा कार्यालयका लेखा तथा प्रशासन सहायक विकले बताए । सरकारले नयाँ घर बनाइदिएपछि विपन्न दलित परिवार खुशी भएका छन् ।     
   
 

६ बर्ष अगाडि

प्रतिक्रिया