शेयर बजार किन स्थिर ?

६ बर्ष अगाडि

साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक स्थिर देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से मात्रै ०.०७ विन्दुले बढेर एक हजार ११२.८५ विन्दुमा सिमित भएको छ ।

यस्तै सेन्सेटिभ परिसूचक भने ०.५० विन्दुले घटेर २४६.१५ विन्दुमा पुगेको छ ।

नेप्से स्थिर रहँदा कारोबार रकम पनि सस्तैमा समेटिएको छ । कूल १६१ कम्पनीको ६ लाख ७५ हजार ३८ कित्ता शेयर रु २० करोड ६३ लाख १४ हजार ३२३ मा कारोबार भयो ।

कारोबार भएका कूल १२ उपसमूह मध्ये ६ उपसमूहको शेयरमा वृद्धि भएको छ भने ६ उपसमूहको शेयर ओरालो लागेको छ ।

होटल ४.४१, जलविद्युत् १.९९, वित्त २.९४, उत्पादन २.८७, अन्य ४.१५ र जीवन बीमा १२९.३६ विन्दुले बढेको छ । यस्तै बैंकिङ ३.२९, व्यापार १२.९३, विकास बैंक ८.९२, निर्जीवन बीमा १९.३९, लघुवित्त ६.८३ र सामूहिक लगानी कोष ०.०८ विन्दुले घटेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा आज नबिल बैंक शीर्ष स्थानमा रहेको छ ।

सो बैंकको रु एक करोड ७५ लाख ८१ हजार ९८४ मा कारोबार भई शीर्ष स्थानमा रह््यो ।

यस्तै एनएमबी बैंक रु एक करोड ७३ लाख २५ हजार ७४९, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड ४२ लाख ८७ हजार २५०, एनआइसि एशिया बैंक रु एक करोड २३ लाख ९७ हजार २९८, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था रु ९५ लाख २८ हजार ८६७ र छिमेकी लघुवित्त विकास बैंकको रु ८५ लाख ३६ हजार ८५४ को कारोबार भई शीर्ष स्थानमा रह्याे ।

नेप्सेका अनुसार आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ४.७३, पोखरा फाइनान्स ४.४४, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ३.३९, लाइफ इन्स्योरेन्स कम्पनी २.५९ र कालिका पावर कम्पनीका शेयरधनीले २.५३ प्रतिशतले कमाए ।

त्यस्तै घोडाघोडी लघुवित्त वित्तीय संस्था ९.९०, स्वाभिमान लघुवित्त वित्तीय संस्था ५.२८, साल्ट टे«डिङ कर्पोरेशन ३.९१, पाँचथर पावर ३.८४, स्वदेशी लघुवित्त वित्तीय संस्था ३.७३ र ङादी पावरका लगानीकर्ताले ३.७० प्रतिशतले गुमाए । 

६ बर्ष अगाडि

प्रतिक्रिया