साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक स्थिर देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से मात्रै ०.०७ विन्दुले बढेर एक हजार ११२.८५ विन्दुमा सीमित भएको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.५० विन्दुले घटेर २४६.१५ विन्दुमा पुगेको छ ।
नेप्से स्थिर रहँदा कारोवार रकम पनि सस्तैमा समेटिएको छ । कूल १६१ कम्पनीको छ लाख ७५ हजार ३८ कित्ता शेयर २० करोड ६३ लाख १४ हजार ३२३ मा कारोवार भयो ।
कारोबार भएका कूल १२ उपसमूहमध्ये छ उपसमूहको शेयरमा वृद्धि भएको छ भने ६ उपसमूहको शेयर ओरालो लागेको छ । होटल ४.४१, जलविद्युत् १.९९, वित्त २.९४, उत्पादन २.८७, अन्य ४.१५ र जीवन बीमा १२९.३६ विन्दुले बढेको छ । यस्तै बैंकिङ ३.२९, व्यापार १२.९३, विकास बैंक ८.९२, निर्जीवन बीमा १९.३९, लघुवित्त ६.८३ र सामूहिक लगानी कोष ०.०८ विन्दुले घटेको छ ।
नेप्सेका अनुसार कारोवारका आधारमा आज नबिल बैंक शीर्षस्थानमा रहेको छ । सो बैंकको शेयर रु एक करोड ७५ लाख ८१ हजार ९८४ मा कारोवार भई शीर्षस्थानमा रह्यो । यस्तै एनएमबी बैंक एक करोड ७३ लाख २५ हजार ७४९, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी एक करोड ४२ लाख ८७ हजार २५०,एनआइसी एशिया बैंक एक करोड २३ लाख ९७ हजार २९८,नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ९५ लाख २८ हजार ८६७ र छिमेकी लघुवित्त विकास बैंकको ८५ लाख ३६ हजार ८५४ को कारोवार भई शीर्षस्थानमा रह्यो ।
नेप्सेका अनुसार आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ४.७३,पोखरा फाइनान्स ४.४४,जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ३.३९,लाइफ इन्स्योरेन्स कम्पनी २.५९ र कालिका पावर कम्पनीका शेयरधनीले २.५३ प्रतिशतले कमाए । त्यस्तै घोडाघोडी लघुवित्त वित्तीय संस्था ९.९०, स्वाभिमान लघुवित्त वित्तीय संस्था ५.२८,साल्ट टे«डिङ कर्पोरेशन ३.९१,पाँचथर पावर ३.८४,स्वदेशी लघुवित्त वित्तीय संस्था ३.७३ र ङादी पावरका लगानीकर्ताले ३.७० प्रतिशतले गुमाए ।
तीन अर्बको टेजरी बिल बिक्री हुँदै
नेपाल राष्ट्र बैंकले सोमबार तीन अर्ब १३ करोड बराबरको टेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको टेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । बैंकले ९१ दिने अवधिको उक्त टे«जरी बिल बिक्री गर्न लागेको हो । उक्त बिल आगामी फागुन २० गते परिपक्व हुनेछ । बैंकले यसअघि यही मङ्सिर ९ गते पनि त्यस्तै ट्रजरी बिल बिक्री गरेको थियो ।
प्रतिक्रिया