नेशनलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

६ बर्ष अगाडि

नेशनल माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनमा लागी मंसिर १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने भएपछि आज सम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएका हुन ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट बोनस शेयर सहितको ८० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । 

उक्त लाभांश प्रस्ताव गर्न कम्पनीले मंसिर २९ गते साधारणसभा बोलाएको छ ।

हाल १५ करोड ८ लाख ८३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको बोनस शेयर वितरण पश्चात लघुवित्तको पूँजी २६ करोड ४० लाख ४५ हजार २५० रुपैयाँ पुग्नेछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया