काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारलाई सबैभन्दा पोलेको विषय हो, निर्मला पन्तको बल्तकार पछिको हत्या । नेपाल प्रहरीले सो घटनाका सम्बन्धमा दर्जनौ अनुसन्धान ग¥यो । तर हालसम्म कुनै निष्कर्ष पाउन सकेको छैन । तर सोही घटनामा जोडिएका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख दिदलीप सिंह विष्टलाई जोगाउन भने नेपाली काँग्रेस सारा शक्ति लगाएर लागिपरेको छ ।
तथ्य र प्रमाणहरु भन्छन् नेपाली काँगेसका सभापति शेरबहादुर देउवा नै विष्टलाई जोगाउन लागिरेका छन् । उनकै कारण दोषी देएिसकेपनि विष्टलाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याउन सकिएको छैन । सो घटनाका दोषी देखिएका विष्टलाई कारवाही नगर्न र कारवाहीको प्रक्रिया नै सुरु नगर्न दबाव दिएर नेकपाको सरकार माथि विरोधको रोटी सेक्न काँग्रेस क्रियाशिल भएको छ ।
नेपाल प्रहरीको उच्च स्रोतका अनुसार विष्ट नै सो घटनाको प्रमुख दोषी हुन् । निर्मला प्रकरणलाई गलत दिशामा लगेको भन्दै अदालतले पत्रकार खेम भण्डारीलाई एक घन्टाको जेल सजाय समेत तोक्यो र उनले त्यसको भुक्तमान समेत गरिसकेका छन् । तर काँग्रेसका कारण विष्टलाई पक्राउ गर्न डराएको प्रहरी अब भने करिब निष्कर्षमा पुगेको देखिन्छ । प्रहरी प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केही दिन पहिले गरेको सुदूरपश्चिम भ्रमणमा सो कुराको पुष्टि गरिसकेका छन् ।
उच्च स्रोतका अनुसार विष्टलाई जोगाउन काँग्रेस सभापति देउवा, काँग्रेस नेता रमेश लेखकदेखि सम्पूर्ण पंक्ति नै लागेको पत्ता लागेको छ । दोषी देखिएका एक प्रहरी त्यो पनि पूर्वभइसकेकालाई जोगाउन किन लागिपरे भन्ने कोणबाट अनुसन्धान शुरु भएको छ । निर्मला पन्तको बलात्कार पछि हत्या भएको दिन विष्टले नै घटनास्थललाई सामान्य बनाउन लागिपरेका थिए । निर्मलाको सुरुवाल समेत उने विष्टले पखाल्न लगाएका थिए ।
अपराध कर्ममा जोडिएका विष्टलाई जोगाउन प्रमुख प्रतिपक्षी दलका नेता काँग्रेस सभापति नै किन लागे त भन्ने विषयबाट अनुसन्धान शुरु गर्दा केही न केही निष्कर्षमा पूग्छौँ भन्ने लागेको एक उच्च प्रहरी अधिकृतले जानकारी दिए ।
नियमित प्रक्रिया अन्तर्गत केही महिनामा प्रहरी महानिरिक्षक ९आईजी० सर्वेन्द्र खनाल सेवानिवृत्त हुँदैछन् । आफ्नो कार्यकालमा धेरै प्रकरणमा उल्लेख्य नतिजा निकालेका खनालको दाँतमा लागेको ढुंगोचाहिँ कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अभियुक्तलाई कठघरामा उभ्याउन नसक्नु हो । ‘सकभर यो प्रकरणलाई पनि आफ्नो कार्यकालमा नै टुंगो लगाउने गरी काम भइरहेको र असाध्यै नकि पुगेको उनले बताउने गरेका छन् । प्रकरणमा राजनीति जोडिएपछि कसको के लाग्दो रहेछ र त्यस्तै भएको छ । अनुसन्धान जारी छ ।
पछिल्लो पटक रौतहटको राजापुर विस्फोट र हत्या प्रकरणमा सांसद महोम्मद अफताब आलम, बालक अपहरण र हत्या गर्नेसँगका इन्काउन्टरलगायतका काममा सरकारले सफलता हासिल गरिसकेको छ । यतिमात्र होइन, कृषि विकास बैंकको रकम ठगी, एटिएम ह्याकिङलगायतका काममा पनि प्रहरी प्रशासन सफल भएको छ । सरकारको सुरक्षा चुनौतिका रुपमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कतिपय हिंसात्मक गतिविधि रोक्नका लागि पनि सरकारले प्रभावकारी कदम चालेको छ । देशैभरी विप्लवका कार्यकर्ता पक्राउ गरिए, इन्काउन्टर समेत भयो भने कतिपयको भागाभागको अवस्था आएको छ ।
‘सरकारको नीति र निर्देशनअनुसार प्रहरीले काम गर्न गरेर सरकारको साख जोगाइदिएको छ । निर्मला पन्त प्रकरण टुंगो लगाउन पनि सरकारले दृढता देखाएको छ । हालै मात्र सुदूरपश्चिमको भ्रमणका क्रममा उनले केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) प्रमुख डिआईजी निरज शाहीलाई लिएर महानिरीक्षक खनालले भ्रमण गरेका थिए । पन्त प्रकरणको अनुसन्धानको प्रगति विवरण बुझ्दै सीआईबीलाई सक्रिय हुनका लागि पनि उनले निर्देशन दिएका थिए । कुनै तलमाथि नभएको खण्डमा केही दिन भित्रै बलात्कारको प्रकरणका सरकारको विरोधको रोटी सैक्ने खेलो फड्को समेत सकिनेछ ।
त्यसो त खनाल आईजीमा बढुवा गर्नुअघि संगठन भद्रगोल अवस्थामा थियो । राजनीतिक खिचातानीका कारण प्रहरी प्रमुख छान्न नै कठिन अवस्था आएको थियो । सामाजिक अपराध, प्रहरीसम्म सर्वसाधारणको पहुँच, सुरक्षाका दृष्टिकोणलगायतका विषयमा जानकारी गराउन स्थानीय तहसँगको सहकार्यमा देशैभरी समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिएको छ । ‘संख्याका हिसाबले प्रहरीले काम गर्न नसकेको भन्ने आरोप आउँथ्यो तर यो कार्यक्रम चलाएपछि प्रहरीसँगको समुदायको सहकार्य बलियो भएको निकर्षमा सरकार पुगेको छ ।
प्रतिक्रिया