दाङमा कांग्रेसलाई १०७७ मतले पछि पार्दै नेकपाको अग्रता

६ बर्ष अगाडि

दाङको निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ प्रदेश सभा सदस्यका लागि सम्पन्न उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार बिमला ओलीले अग्रता लिएकी छन् ।

आइतवार बिहानबाट मतगणना शुरू भएको थियो । अहिलेको ताजा स्थितिमा ओलीको ३९१३ र कांग्रेसका उम्मेदवार केशव आचार्यको २८३६ मत छ ।

तत्कालीन प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको गाडी दुर्घटनामा परी निधन भएपछि दाङ क्षेत्र नं. ३ (ख) मा उपनिर्वाचन भएको हो । अहिलेकी नेकपा उम्मेदवार बिमला ओली स्वर्गीय उत्तरकुमारकी श्रीमती हुन् ।

अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट नेकपाले राम्रो जनमत बटुलेको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया